बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा एमाले निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  मेयर एमालेका मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा निर्वाचित भएका हुन् ।

अधिकारी १४ हजार २५० मत पाउँदा नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत पाएका थिए । उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए । राप्रपाकी चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याएकी छन् ।