कागेश्वरी मनोहरा ४ मा एमालेको प्यानलै बिजयी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ, ५ जेठ । कागेश्वरी मनोहरा नगरपालिका ४ मा एमाले प्यानलै निर्बाचित भएको छ । निर्बाचन सँम्पन्न भएको ७ दिन पछी प्राप्त परिणाम अनुसार एमालेका उम्मेद्ववार बिजय श्रेष्ठ (धन) नेपाली काँग्रेसका उम्मेद्ववारलाई भारी मतान्तरले पछी पार्दै निर्बाचित भएका हुन । श्रेष्ठले १ हजार ३ सय ९४ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेद्ववार प्रेम थापाले ७ सय ५३ मत पाएका थिए भने राप्रपाका उम्मेद्ववार आत्माराम सिँखडाले ६सय ६मत पाएका थिए ।
यसैगरी खुल्ला सदस्य, महिला सदस्य तथा दलित महिला सदस्यमा समेत एमालेकै उम्मेद्ववारहरु निर्बाचित भएका छन । खुल्ला सदस्यहरुमा किरण पण्डित क्षेत्री र भिम बहादुर सिँखडा, महिला सदस्यमा शारदा पौडेल र दलित महिला सदस्यमा सबिता नेपाली निर्बाचित भएकी हुन ।