कागेश्वरी मनोहरामा समाजबादीले खाता खोल्यो, फुँयाल १७ मतले बिजयी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ, ५ जेठ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा नेकपा समाजबादी पार्टीले खाता खोलेको छ । नगरपालिकाको ६ नँ वडाको वडा अध्यक्षमा निबर्तमान वडा अध्यक्ष प्रकाश फुँयालले नेकपा एमालेका उमेश अधिकारीलाई १७ मत अन्तरले हराउँदै समाजबादीको शाख जोगाउन सफल भएको हो । फुँयालले १ हजार १ सय २१ मत पाउँदा अधिकारीले १ हजार १ सय ४ मत पाएका थिए ।

यसैगरी सोहि वडाको खुल्ला सदस्यमा नेकपा समाजबादीका कपिल खनाल र नेपाली काँग्रेसका बिकाश केसी निर्वाचित भएका छन भने महिला सदस्य र दलित महिला सदस्यमा एमालेका उम्मेद्दवारहरु रुपमती भण्डारी र सिम्रन मँग्राती बिजयी भएका छन ।