कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी बन्याे ठूलाे दल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

कैलाली । जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । 

१३ वटा पालिका रहेको कैलालीमा पालिका प्रमुख सहित चार पालिका जितेर आफूलाई कैलालीको ठूलो दल बनाएको हो । सो पार्टीले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका जितेको हो ।

सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।२०७२ को टीकापुर घट्नाको दोषी ठहर भएका चाैधरी अहिले जेल जीवन विताइरहेका छन् ।

नागरिक उन्मुक्ती पार्टीपछि नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ । माओवादीले भने विगतमा जितेकाे कैलारी गाउँपालिका र भजनी नगरपालिका पनि गुमाएको छ ।