“दलको टोपी पार्टी कार्यालयमै खोलेर आएँ, आजदेखी म जनताको प्रतिनिधी” – नगर प्रमुख कार्की

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

काठमाण्डौ, ९ जेठ । ” निर्बाचन सँम्पन्न जननिर्बाचित प्रतिनिधी भएपछी मैले राजनैतिक दलको टोपी खोलेर आएको छु । चुनाब लड्दा सम्म राजनैतिक दलको सिपाहिँ भएपनि अब म सँम्पुर्ण जनताको प्रतिनिधी हुँ कुनै दल बिशेषको हैन । नगरपालिका जित्नेहरुको मात्रै हुनेछैन सँम्पुर्ण नगरवासीको हुनेछ ।” आज आयोजित नबनिर्बाचित जनप्रतिधीहरुको सपथ ग्रहण तथा निबर्तमान जनप्रतिनिधीलाई सम्मान सहित बिदाई कार्यक्रममा नब निर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले उक्तकुरा बताउनु भएको हो ।


नगर प्रमुख कार्कीले अगाडी भन्नुभयो “आगामी १५ दिन भित्र नगरपालिका भित्र क्रियासिल राजनैतिक दलका प्रतिनिधी, निबर्तमान नगरप्रमुख तथा नगरभित्रका बुद्धिजिबी सहितको सल्लाहकार समिती बनाई उहाँहरुको सल्लाह, सुझाब र मार्गनिर्देशन बमोजिम काम गरिने छ ।
नगरपालिका भित्र झाँगिएको अब्यबस्थित जग्गा प्लटिङ रोक्कागरी ब्यबस्थि शहरीकरण गरिने छ ।
अशक्त तथा जेष्ठ नागरिकको स्वास्थपरिक्षण्का लागी नगरपालिकाका स्वास्थकर्मीले घरघरमै सेवा पुर्याउने र हरेक बिधालयमा बिधार्थीको नियमित स्वास्थ परिक्षणको उचित ब्यबस्था गरिने छ ।
नगरपालिकाको गौरब कागेश्वरी धामको सँरक्षण र बिकाशका साथै मनोहरा करिडोर निर्माण सम्मको काम आगामी ५ बर्षभित्र सँम्पन्न गरिने छ । “

उपप्रमुख शान्ता थापालाई सपथ ग्रहण गराउँदै नगर प्रमुख उपेन्द्र कार्की


फोहोरमैलाको श्रोत देखी नै ब्यबस्थापन गरी नगरलाई स्वच्छ र सफा राखिने छ । परम्परागत शैलीले बिकाले गतिलिन नसक्ने भएकोले बिकाश निर्माणलाई प्रबिधी सँग जोड्दै द्रुत गतिमा बिकाश निर्माणका काम अगाडी बढाईने छ । साथै युवाहरुकालागी खेलकुद स्थालको ब्यबस्था गरी नगरभित्रका खेलाडीलाई अन्तराष्टिय स्तरमा पुयाृउन मद्धत गरिने पनि नगर प्रमुख कार्कीले बताउनु भयो ।
आफु जनताको सेवक भएकोले मेयरसाब नभन्न आग्रह गर्दै नगरप्रमुख कार्कीले कुनैपनि प्रकारको बिभेदबिना नगरको बिकाशलाई प्राथमिकता दिदै कागेश्वरी मनोहरालाई देशकै नमुना नगरपालिका बनाउने दृढ सँकल्प गर्नु भएको छ ।

वडा अध्यक्षहरुलाइ सपथ ग्रहण गराउँदै नगर प्रमुख उपेन्द्र कार्की


कार्यक्रममा नगर उपप्रमुख शान्ता थापाले निर्बाचनमा ब्यक्त गरेका बाचा अक्षरस पुरागर्ने बताउँदै जनताको काममा हरपल तत्पर रहने प्रतिबद्धता जनाउनु भयो ।

पदभार ग्रहण गर्दै नगर उपप्रमुख शान्ता थापा


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नगर प्रमुख कार्कीले नगर उप प्रमुख शान्ता थापा, ९ वटै वडाका वडाअध्यक्षहरु त्था वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।


कार्यक्रममा प्रमुख निर्बाचन आयुक्त शारदा राउत लगायत बिभिन्न दलका प्रतिनिधीहरु साथै निबर्तमान उपप्रमुख बिन्दु पुडासैनी(सिँखडा)ले नबनिर्बाचित जन प्रतिनिधीहरुलाई बाधाई साथै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नगर प्रमुखको पहिलो निर्णय घरघरमा धारा
सपथ ग्रहण समारोह पश्चात कार्यकक्षमा पदभार ग्रहण गर्दै नगर प्रमुख कार्कीले आगामी ५ बर्षभित्र नगर पालिका भित्रका हरेक घरमा स्वच्छ पिउने पानी सहितको धारा जडान गरिने पहिलो निर्णयमा हस्ताक्षर गर्दै कार्यआरम्भ गर्नुभएको थियो ।

पदभार ग्रहण पश्चात वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ठ लगायतका जनप्रतिनिधीहरु


साथै सपथ ग्रहण पश्चात उप प्रमुख शान्ता थापा तथा ९ वटै वडाका वडाअध्यक्ष तथा सदस्यहरुले आ आफ्नो वडामा पुगी कार्यभार ग्रहण गरेका थिए ।