अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट कम्तीमा १९ विद्यार्थीसहित २१ जनाकाे मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , प्रवास , २ वर्ष अगाडि

अमेरिकाको टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुइ जना वयस्ककाे मृत्यु भएकाे छ।अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ।सुरक्षाकर्मीले उनलाई समेत मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको विवरणमा जनाइएको छ।छयसट्ठी वर्षकी एक महिला अनि १० वर्षकी एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ।अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ।

उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्। त्यहा झन्डै ५०० बालबालिका थिए । अमेरिकामा प्रत्येक वर्ष यस्ता गाेली काण्डकाे घटना हुने गरेकाे छ । अहिलेसम्म थुप्रै बालबालिकाले यस्ता घटनाबाट अनाहकमा ज्यान गुमाएका छन् ।

यसैबीच राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।