काठमाडौंको मेयरमा बालेन शाह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् । बालेन ६१ हजार ७६७ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

त्यस्तै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन्।एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएका छन्। बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत बढी ल्याएकी छन्।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।