”निजामती कर्मचारी र जनप्रतिनिधी मात्रै सरकार हैनन” – कार्की

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

काठमाण्डौँ, १२ जेठ । हरेक नागरिक र सँघ सँस्था पनि राज्यका अँग भएकोले सत्ता सन्चालनमा सबैको उत्तिकै साथ सहयोग र खबरदारी चाहिने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताउनु भएकाृ छ । कार्कीले भन्नुभयो निजामती कर्मचारी र जनप्रतिनिधी मात्रै सरकार हैनन । नगर प्रमुख कार्कीले उक्तकुरा बधाई तथा शुभकामना ब्यक्त गर्न आएका नेपाल रेडक्रस सोसाइटीका कागेश्वरी मनोहरा उपशाखाका प्रतिनिधी मण्डललाई बताउनु भएको हो । प्रतिनिधी मण्डललाई नगर प्रमुख कार्कीले रक्तदानमात्रै होइन बिपद ब्यबस्थापनका क्षेत्रमा पनि नगरपालीका सँग सहकार्य गर्न अनुरोध गर्नु भयो ।


बधाई तथा स्वागत कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेलले नगर प्रमुख उपेन्द्र कर्की तथा उप प्रमुख शान्ता थापालाई बधाई सहित स्वागत पत्र हस्तान्तरण गर्नु भएको थियो भने सचिब लक्ष्मी प्रसाद कुँइकेलले रेडक्रसका बिगतका गतिबिधी तथा भाबी योजनाका बारेमा सँक्षीप्त जानकारी गराउनु भएको थियो