भरतपुर महानगर प्रमुख दाहाल सवारी दुर्घटनामा घाइते

NewsBankNepal Latest Update , News/समाचार , २ वर्ष अगाडि

ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफू चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते भएकी छिन् । 

उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । 

उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।