एक तोलाको बाला बजारमा आयो

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौँ, १२ जेठ । डिबी खनालको शब्द शँकर स्माइलीको सँगित तथा भुवन थापा मगर र सिता पौडेलका आवाजमा एक तोलाको बाला बोलको गित साँगितीक बजारमा आएको छ । बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा उक्त गितको भिडीयो निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलको युटूब च्यानलमार्फत सार्बजनीक भएको हो ।

चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत थुप्रै म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको मोडेल बिना राउत तथा बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ ।

पाटन दरबार स्क्वायरको मनमोहक दृश्य कैद गरिएको भिडियो एरेन्ज उदयराज पौडेलले गरेका छन भने छाँयाकन दिनेश पराजुली र सम्पादन तथा कलरिङ्ग नबिन निरौलाको छ ।

पाँच पाण्डवको प्रस्तुति तथा विशेष सहयोगमा निर्माण भएको भिडियोलाई हालै मैतिदेवीस्थित डोरी रेष्टुरेण्टमा कलाकार तथा भिडियो निर्माण टिमको बिचमा सार्वजनिक गरिएको थियो ।