पाेखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।
पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज १५ मिनेट नबित्दै सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए। पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।
विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिए । उक्तविमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः
१ इन्द्रबहादुर गोले
२ पुरुषेत्तम गोले
३ राजनकुमार गोले
४ वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालकदलका सदस्य:
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३ विमानपरिचारिका क्रिस्मी थापा

