आइएमईले ल्यायो “हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ” योजना

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , २ वर्ष अगाडि

काठमाडौँ, जेठ १६ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको अबसरमा देशविदेशमा रहेका ग्रहक लक्षित योजना “हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ ।
यो योजनामा देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरीका एजेन्ट तथा सव एजेन्ट र आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेतालाई योजना अवधिभर जम्मा २० जना विजेताहरुले क्mबचत ध्बतअज र बम्परमा १ भाग्यशाली विजेताले क्बmकगलन क्द्दद्द मोबाइल प्राप्त गर्ने छन । सक्नुहुनेछ । यो योजनामा सहभागी सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरु लाभान्वित हुने आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताउनु भएको छ । पौडेलका अनुसार यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ । सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।
यो योजना १५ जेठ देखि १५ असार २०७९ सम्म जम्मा ३० दिनका लागि कायम रहने र यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो ।