तारागाउँ समितिका अध्यक्ष न्यौपाने बर्खास्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गर्नुभएको हो । अध्यक्ष न्यौपानेलाई ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेको थियो ।

अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ । समितिको ऐनमा अध्यक्ष पद आलङ्कारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो ।