काठमाडाैं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ ।
तर, अझैसम्म उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ ।२०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो ।
नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।
उक्त हत्याकाण्डपछि घटनबारे छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो ।सो समितिले युवराज दीपेन्द्रबाटै घटना भएको प्रतिवेदन सार्वजनिक गरेकाे थियो ।

