गरिब, निमुखालाई केन्द्रबिन्दुमा राखेर नीति, कार्यक्रम र बजेट ब्यबस्थापन गर्नेछौं – नगर प्रमुख कार्की

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , प्रदेश , प्रविधि , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाण्डौ, २१ जेठ ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले अबको निति, कार्यक्रम र बजेटको ब्यबस्था गरिब तथा निमुखा नागरिकलाई केन्द्रबिन्दुमा राखेर गर्ने बताउनु भएको छ ।

ब्रम्हद्धिप युवाक्लब तथा ब्रम्हद्धिप टोल सुधार समितीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा नगर प्रमुख कार्कीले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो “हुनेलाई भन्दा नहुनेलाई, बोल्न सक्नेलाई भन्दा बोल्न नसक्नेलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छौ ।

साथै नगरपालिका भित्रका हरेक सामुदायिक बिधालयमा बिधार्थीहरुको नियमित स्वास्थ परिक्षण, जेष्ठ नागरिकलाई बिशेषज्ञ र ल्याब सहित घरघरमै परिक्षण उपचार गरिने र त्यो आगामी असार १५ भन्दा अगाडीनै शुरु गरिने छ । शिक्षा र स्वास्थमा लगानी दोब्बरगरी प्राबिधिक र ब्यबसायीक तथा वाताबरण मैत्री शिक्षामा जोड दिइने छ । ब्यबस्थित बस्ति बिकासलाई प्राथमिकतामा राख्दै अब्यबस्थित र मापदण्ड बिपरितका जग्गा प्लटिङ रोकिने छ ।” नगर प्रमुख कार्कीले आफुले कार्यभार सँहाल्दा गरेको पहिलो निर्णय सँम्झँदै भन्नुभयो कुनैपनि हालतमा नगरवासीका हरेक घरमा स्वच्छ र पिउन योग्य पानी पुर्याउँछु ।


कार्यक्रममा उप प्रमुख शान्ता थापाले बिकास निर्माणका काममा स्थानियहरु सँग साथै रहेके बताउँदै नगर भित्रका नागरिकाको उत्थानका लागी हुने हरेक कार्यमा आफ्नो र नगरपालिकाको पुर्ण साथ र सहयोग रहने बताउनु भयो ।
ब्रम्हखेल टोल सुधार समितीका अध्यक्ष नारायण पण्डितले स्वागत गर्नुभएको कार्यक्रको सभापतित्व ब्रम्हद्धिप युवा क्लबका अध्यक्ष बिजय थापाले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा नगरपालिकाका उप सभापति हरिशरण ढकाल, सोमलिङ्गेश्वर महादेब निर्माण समितीका अध्यक्ष अमला थापा तथा समाजसेवी सुमन थापा तथा वडा नँ ४ का वडा अध्यक्षका प्रत्यासि प्रेम थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
५९ प्रिन्ट रगत सँकलन


सोहि अबसरमा ब्रम्हद्धिप युवाक्लब तथा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गर्नुभएको उपशाखाका सभापति बासुदेब पौडेलले जानकारी दिनुभयो ।