कार्डले नयाँ नेतृत्व पायो, अध्यक्षमा सुबेदी

Dipak Pudasaini Education , Latest Update , News/समाचार , प्रविधि , ४ वर्ष अगाडि

भक्तपुर, २९ जेठ । नेपाल इन्जिनियरिङ कलेज अन्तरगतको अनुसन्धान मुलक सँस्था सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्ट (कार्ड) नयाँ नेतृत्व पाएको छ । समि सुबेदीको अध्यक्षतामा गठित नयाँ कमिटीको उपाध्यक्षमा कृपा थापा, सचिब सिमरन बोहोरा, सह सचिब सुदेश पराजुली, कोषाध्यक्ष राजु कार्की छन भने सल्लाहकारमा कृष्ण बिक्रम शाह र तानिया लामिछाने चयन भएका छन । यसैगरी प्रमुख प्राबिधिकमा परिजन सुबेदी र सुवास खनाल तथा प्रोजेक्ट निरिक्षकमा राम किशोर यादब छानिएका छन ।


कार्यभार हस्तान्तरण समारोहमा निबर्तमान अध्यक्ष सोनियाँ अधिकारीले कार्डको नेतृत्व गर्दा सबैसँग कसरी समन्वय गर्ने ? आइपरेका चुनौतिको सामना कसरी गर्ने ? लगायतका अनेकौ शिक्षा मिलेको बताइन ।
क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ट तथा बिधार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप शाखाका प्रमुख प्रा.सचिन श्रेष्टको उपस्थितीमा सँम्पन्न कार्यक्रममा कर्मालय ९ का बिजेताले बनाएको प्याड भेन्टिङ मेसिन चाँडैनै कलेजलाई हस्तान्तरण गरिने जानकारी गराईएको थियो । उक्त मेसिनबारे अनिल तिरुवालले जानकारी गराएका थिए भने सिद्धार्थ यादबले मेसिनको महत्व र उपयोगिता तथा सरोज चौधरीले मेसिनले कामगर्ने तरिका तथा समयमा तयार नहुनुका कारणबारे जानकारी गराएका थिए ।

प्याड भेन्टिङ मेसिन निर्माणर्थ सिटिआरसी क्लबको महत्वपुर्ण योगदान दिएको थियो भने TRI- ष क्लबले मेसिनकालागी आबश्यक प्याड सहयोग गरेका थिए । कार्यक्रममा सिटिआरसी क्लबका अध्यक्ष रमेश साउद तथा TRI-ष क्लबका प्रतिनिधी सुवास खनाल लगायतको उपस्थिती थियो ।

उक्त अबसरमा क्याम्पस प्रमुख श्रेष्टले कार्डद्धवारा आयोजना गरिएको जिज्ञासु ४ र कर्मालय ९ र फोटोग्राफी प्रतियोगिताका बिजेतहरुलाई प्रमाणपत्र तथा कार्डको निबर्तमान पदाधिकारीहरु सोनियाँ अधिकारी, सुरक्षा कुँइकेल, साक्षी शाह, उमङ्गध्वज कार्की, साजन हमाल, सुजाता रेग्मी, बिजयन पुडासैनी तथा सँयोग उपाध्यायलाई मायाँको चिनो हस्तान्तरण गर्नु भएको थियो ।