‘साना लापर्वाहीले ठुला दुर्घटना हुन सक्छ’ – गृहमन्त्री खाँण

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्वास्थ्य , ३ वर्ष अगाडि

काठमाण्डौ, ३० जेठ । स साना लापर्वाहीले ठुला दुर्घटना आउन सक्ने भएकोले लापर्बाही नगर्न गृहमन्त्री बालकृण खाँणले सँम्बन्धित निकायहरुलाई निर्देशन दिनु भएको छ । आज गृहमन्त्रालयमा भएको बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन कार्यकारी समितीको तेह्रौ बैठकलाई सँबोधन गर्दै गृहमन्त्री खाँणले गतहप्ता मुग्लीन पोखरा सडक खण्डको आबुखैरेनी नजिक सडक भासिएको सन्दर्भ उल्लेख गर्दै थोरै सचेतता अपनाएको भए दुर्घटना तथा मानबिय क्षति टर्नसक्ने भन्दै नागरिकको ज्यूधनको रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताउनु भयो ।


स्थानिय निकायका योजना बिहिन सडक निर्माणले पहिरो जाने क्रम बढेको भन्दै स्वास्थ मन्त्री बिरोध खतिवडाले मापदण्ड बिहिन बिकासले बिनास निम्त्याएकोले त्यसतर्फ सोच्न ढिला भैसकेको बताउनु भयो ।
चुनाबी नाराका योजनाले बिकास हुँदैन’ – मन्त्री झाँक्री
कार्यक्रममा शहरी बिकास मन्त्री राम कुमारी झाँक्रीले चुनाब जित्नकै लागी बाँडीएका नारा र आश्वासनले बिकास नहुने बताउनु भएको छ । हाम्रा योजनाहरु ब्यबस्थित छैनन र भएनन भन्दै मन्त्री झाँक्रीले हाम्रा बस्तीहरु खोलामा पसिरहेका छन तर बर्षायाममा हामी खोला बस्तीमा पस्यौ भन्छौ ।

हाम्रो शहरीकरण यति अब्यबस्थित भैसकेका छन कि त्यहाँ न ढलनिकास, न योजना, न कुनै मापदण्ड न त ब्यबस्थित सडक सबै अस्तब्यस्त छन । त्यसमाथी अर्थमन्त्रालयले कनिका छरेजस्तै कार्र्यकर्ता खुसीपार्न बजेट छरेको तर्फ सँकेत गर्दै भन्नु भयो शहरी बिकास मन्त्रालय मातहतका ५सय ५० भन्दा बढी आयोजना ५० लाखका छन, यसले कस्तो योजना बन्ला कस्तो बिकास होला ?
मुख्य सचिब शँकर बैरागीले भुकम्प प्रभाबित १४ जिल्ला पहिलोको उच्च जोखिममा भनिएपनि जताततै पहिरो जानु प्राकृतिक नभै हामी आफै दोसी छौ भन्दै देशैभर पहिरो जानुको मुख्यकारण योजना बिहिन डोजरे बिकासनै रहेको बताउनु भयो ।

मनसुन प्रतिकार्य कमाण्ड टोली गठन
यसैबिच बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्दै विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ । टोलिमा संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जनस्रोत तथा सिंचाई विभागका प्रतिनिधिहरु छन् ।
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव, सुरक्षा निकायका प्रमुख तथा
प्रतिनिधिहरु, विभिन्न विभागका महानिर्देशक, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।