असार १ गतेबाट कार्यालय समय पूरानै,आईतबारकाे बिदा कटाैती

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । सरकारले असार १ गतेबाट कार्यालय समय पूरानै १० देखि ५ बजेसम्म हुने जनाएकाे छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो ।

मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरलले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । चाैतर्फी विराेध भएपछि सरकारले दुइ दिने सार्वजनिक बिदा कटाैती गरेकाे हाे । इन्धनकाे धाटा कम गर्न भन्दै सरकारले उक्त निर्णय लागू गरेकाे थियाे ।

blog