त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास(फाेटाेफिचर)

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , Photo Bank , Photo Gallery , ४ वर्ष अगाडि

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार अपराह्न विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास गराएको हो ।

विमानस्थल परिसरबाट धुँवाको मुस्लो उठ्यो ।सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरु उद्धारमा जुटे । शहरमा रहेका अन्य स्थानबाट पनि एम्बुलेन्स र दमकल बोलाइयो । त्यसपछि उद्धारको काम सुरु भयो । 

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।यो दृष्य बुधबार जहाज दुर्घटनाको काल्पनिक घटना थियो ।अभ्यासका लागि अपराह्न ३ बजेदेखि साढे ३ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।