प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , Photo Bank , Photo Gallery , २ वर्ष अगाडि

काठमाडाैं । यसवर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंका रानी जोशीले पहिरिएकी छिन्।

शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् ।

ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२, ६, हुँदै अन्तिम ३ को प्रतिस्पर्धामा जोशी छनोट भएकी हुन् । आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी उनले मिस डिलाइट उपाधिसमेत हात पारिन् ।

उपाधिसँगै उनले ‘मिस वर्ल्ड २०२२’का लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छिन् । उनलाई ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठले ‘क्राउन’ पहिराइदिएकी थिइन् ।

त्यस्तै ‘मिस नेपाल अर्थ’ को उपाधि भने संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि प्रतियोगी विराटनगरकी २४ वर्षिया न्यान्सी खड्काले जितेका छन् ।

यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिश्पर्धाका लागि सहभागी थिए ।