कृषिमन्त्रीको गाउँमा ४ किलो मलको लागि बिहान ४ बजेदेखि लाइन…

Dipak Pudasaini Banner Headline with Image , News/समाचार , Photo Bank , Politics/राजनीति , प्रदेश , २ वर्ष अगाडि

बागमती प्रदेशका कृषी तथा पशुपन्छी बिकास मन्त्री बसुन्धरा हुमागाँइको जन्मथलो काभ्रेको पनौती नगरपालिका २ कुशादेबीमा मल नपाएर कृषक कति सम्म पिडीत छन भने त्यहाँको जागृत कुशादेबी बचत तथा ऋण सहकारी सँस्थाले ८ बोरा युरिया मल ल्याएर सय जना कृषकलाई दिने सुचना सार्बजनीक गरेपछी ४ किलो मल लिन कृषकहरु बिहान ४ बजे देखी लाइन बसेका थिए । आफ्नै गाउँका कृषकलाई समेत समयमा मल उपलब्ध गराउन नसक्ने कृषीमन्त्री कुन नैतिकताले कुर्सीमा बसेका छन र मन्त्री पद गएपछी कुन मुख लिएर गाउँमा आउँछन ? कृषकहरु आक्रोसित हुँदै सोध्दै थिए ।