कागेश्वरी मनोहराको बजेट ‘२ अर्ब,७ करोड,७० लाख, ७४ हजार’

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ,१० असार । कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७९ / ८० को लागी कुल २ अर्ब,७ करोड,७० लाख, ७४ हजारको अनुमानित आय ब्ययको बिबरण पेश गरेकोको छ । नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा आजै आरम्भ भएको छैठौ नगर सभाको अबिधेशमा वडा नँ १ का वडा अध्यक्ष मुकुन्द गजुरेलले २०७९ / ८० को निति तथा कार्यक्रम र अनुमानित आय ब्ययको बिबरण पेश गनुभएको प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे द्धवारा जारी प्रेश बिज्ञप्तीमा जनाईएको छ ।


बिज्ञप्ती अनुसार नगर सभा अबिधेशनको उद्घाटन प्रमुख अतिथी एबँ पुर्ब गृहराज्य मन्त्री बागमती प्रदेशका नेपाली काँग्रेसका सँसदिय दलका नेता इन्द्र बहादुर बानियाँले गर्नु भएको थियो भने कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा सँबिधन सभा सदस्य दिपक प्रसाद कुँइकेल, बागमती प्रदेश सभा सदस्य रामेश्वर फुँयाल तथा मणिराम फुँयाल लगायत बिभिन्न दलका प्रतिनिधीको उपस्थिती रहेको थियो ।