काठमाडाैं । सरकारी आवास गृह छाड्दा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले पुल्चोकस्थित सरकारी आवास गृहबाट मर्मतका लागि भनेर वासिङ मेसिन सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयलाई फिर्ता गरेका छन् ।
मन्त्री यादवले आफू उपत्यकाबाहिर हुँदा कर्मचारीले मर्मतका लागि त्यो मेसिन बाहिर लगेको रहेछ भन्दै फिर्ता गरेका हुन्।मन्त्रीले मेसिन फिर्ता गरेकाे सूचना पाटीमा टाँस गरिएको सचिवालयका प्रमुख मचाकाजी महर्जनले बताए । समाचारका आधारमा पूर्वमन्त्रीको प्रतिष्ठामाथि पर्न गएको असरप्रति क्षमायाचना गरिएको छ । पूर्वमन्त्री यादव बस्ने गरेको क्वाटरका सामग्री बुझेर वर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र सिंह यादवको सचिवालयलाई बुझाइएको छ ।

