काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुकको वर्तमान आर्थिक अवस्थामा नेपाल प्रहरीका लागि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि व्यारेक र प्रविधि चाहिएको जिकिर गरे । उनले देशमा आर्थिक सङ्कट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको आरोप लगाए ।
हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको उनको भनाइ छ । प्रहरीलाई प्रविधि भित्राएर अनुसन्धान योग्य बनाउनुपर्नेमा उनको जोड छ ।

