नागरिकता संशोधन विधेयक प्रतिनिधिसभामा पेश

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । सरकारले नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेकाे छ ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले बुधबार नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन्।

चार वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेश गरेकाे हाे। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । 

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताए ।