उपसभामुखमा कांग्रेसकी भुसाल र एमालकी भट्टराईकाे उम्मेदवारी दर्ता

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी दलका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर सत्ता गठबन्धनका तर्फबाट उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् ।माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

यस्तै, नेकपा (एमाले)काे तर्फबाट सांसद विद्या भट्टराईलाई उम्मेदवार दर्ता गराएकी छिन् । उनकाे प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल रहेका थिए।

उपसभामुख चयनका लागि शुक्रबार दिउँसो ३ बजेका लागि मतदान तय गरिएकाे छ । तत्कालीन  उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।