साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।
बोलबम यात्रा पनि सुरू भएकाले पशुपतिनाथ मन्दिरमा बढी नै भिडभाड देखिएकाे छ ।बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ ।

