श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , २ वर्ष अगाडि

काेलम्बाे । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् ।बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे १३४ मतका सात नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा दिसानायकेले तीन भोट पाएकाे बताए ।गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा छ पटक सेवा गरेका नवनिर्वाचित राष्ट्रपति विक्रमसिङ्घेले अति कठिन परिस्थितिमा रहेको देशलाई गम्भीर आर्थिक सङ्कटबाट बाहिर निकाल्न आफूले धेरै चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।