भारतको १५औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , २ वर्ष अगाडि

नयाँदिल्ली । भारतको १५औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो ।

उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् । उनले ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।आदिवासी समुदायबाट राष्ट्रपतिमा हुने उनी पहिलो व्यक्ति हुन् ।

आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन् । सर्वोच्च अदालतका मुख्यन्यायाधीशबाट उनले शपथ लिने छिन् ।