७ सय ५३ वटै पालिकामा युनियनले श्रमिकको तथ्याङ्क सँकलन गर्ने

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ, ५ श्राबण । सरकार सँग मुलुकमा रहेका श्रमिकको आधिकारीक तथ्याङ्क नभएपछी नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले देशभरका ७ सय ५३ वटै पालिकामा युनियनको प्रतिनिधी मार्फत श्रमिकको तथ्याङ्क सँकलन गर्ने भएको छ । आगामी साउन ७ देखी १० गते सम्म हुन लागेको महासँघको ८ औ महाधिबेसका बारेमा जानकारी दिन आयोजित पत्रकार सँम्मेलनमा अध्यक्ष बिनोद श्रेष्टले उक्त कुराको जानकारी दिनुभएको हो । यसैगरी यनियनले अधिबेशन पछी अभियानका रुपमा इन्टर्न गर्न गएका तालिमे श्रमिकको शोषण बिरुद्दमा अभियान समेत सन्चालन गर्ने अध्यक्ष श्रेष्टले बताउनु भयो ।

युनियनका अध्यक्ष श्रेष्टले भन्नु भयो नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० ले ईन्टर्न ९तालिमे० को नाममा श्रमिकमाथि शोषण भइरहे छ र हामी यसका विरुद्दमा महाअधिबेसन पछी अभियान चलाउने छौ । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने छ ।

श्रमजीवि वर्गको सम्मान र समृद्दिका लागि सुदृढ र परिपूर्ण लोकतन्त्र भन्ने नाराका साथ आगामी ७ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको सूर्योदय हलमा सुरु हुने जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ भने बाँकी तीन दिनको बन्दसत्र प्रर्दशनीमार्ग स्थित राष्ट्रिय सभागृहमा हुनेछ ।
चारदिनसम्म चल्ने महाधिवेशनमा एकतिहाई भन्दा बढी महिला सहित जिफन्ट आवद्ध २१ वटा यूनियनहरु र जिफन्टका सातवटै प्रदेशहरुका गरी ५ सय १२ जना प्रतिनिधिहरुले भाग लिने जिफन्टका महासचिव जनक चौधरीले जानकारी दिए । महाधिवेशनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, लाओस्, ईटली, ईण्डोनेशिया, मलेसिया, स्वीडेन, जिम्वावे, बहराइन, फ्रान्स, टर्की र ईजरायलका गरी ३५ जना विदेशी प्रतिनिधिहरु पनि सहभागि हुनेछन् ।
आगामी चार बर्ष जिफन्टको कायाकल्प भन्ने कार्यक्रम तय गर्ने जिफन्टको आठौ महाधिवेशनले आगामी चार बर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ ।