नेपाल प्रेस युनियनको महाधिवेशन हेटौँडामा सुरु

NewsBankNepal News/समाचार , ४ वर्ष अगाडि

हेटाैंडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि हेटौँडामा सुरु भएकाे छ ।महाधिवेशनकाे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनले युनियनको आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

आजको उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने बताइएकाे छ ।

महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहेकाे जनाइएकाे छ ।