पाल्पामा भएकाे बस दुर्घटनामा ६ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , News/समाचार , ४ वर्ष अगाडि

पाल्पामा आइतबार साँझ यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेर दुर्घटना भएकाे हाे । दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएकाे छ ।