करिब डेढ लाख कोभिसिल्ड खोप खेर!

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काेराेना खाेप कार्यक्रम सुस्त हुँदा करिब डेढ लाख कोभिसिल्डको खोप खेर गरेको अनुमान गरिएको छ ।

जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गरे ।उनका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।

 केन्द्र, प्रदेश र स्थानीय तहमा गरेर करिब डेढ लाख खोप खेर गएको अनुमान छ ।१२ वर्ष देखि १७ वर्षसम्मका किशोर र किशोरीलाई लगाउने फाइजर बायोएनटेक खोपको पनि ४ महिनापछि म्याद सकिँदैछ ।

कोरोना नियन्त्रण गर्ने उद्देश्यले सरकारले पहिलो पटक २०७७ साल माघ १४ गतेबाट खोप लगाउन सुरु गरेको थियो । यो अवधिमा दुई करोड ११ लाख ३५ हजार ७६ जनाले एक मात्रा र दुई करोड पाँच लाख ३५ हजार ८३८ जनाले दाेस्राे मात्रा खोप लगाएका छन् । त्यसैगरी, सरकारले ७१ लाख ९० हजार २३७ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म चार करोड ८८ लाख ६० हजार ७३७ मात्रा खोप लगाइसकेको बताए ।