जिफन्टको ८ औ महाधिबेसन सँम्पन्न अध्यक्षमा पुनः श्रेष्ठ

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , २ वर्ष अगाडि

श्रमिकको श्रमको प्रतिफल, दिगोपन तथा सुरक्षाको सुनिश्चितता गरिने

काठमाण्डौ, १० श्राबण । श्रमजीबी बर्गको सम्मान र समृद्धिकालागी सुदृढ र परिपुर्ण लोकतन्त्र भन्ने अबधारणका साथ दोस्रो कार्यकालका लागी पुनः बिनोद श्रेष्ठलाई अध्यक्ष चयन गदै नेपाल ट्रेड युनियन महासँघ जिफन्टको आठौ अबिधेसन काठमाडौंमा सम्पन्न भएको छ ।
गत श्राबण ७ गते देखी आज १० गते सम्म चलेको अधिवेशनले उपाध्यक्षहरुमा विदुर कार्र्की जनक चौधरी, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु कुमारी थापा मगर र सीता लामा चयन गरेको छ भने महासचिवमा लक्ष्मण शर्मा चयन भएका छन । उपमहासचिवहरुमा नरनाथ लुईंटेल र पदेन उपमहासचिवमा कमला तामाङ चयन भए । सचिवहरुमा हरि बहादुर कार्की कृष्ण बहादुर केसी, स्मृति लामा, महेन्द्र लाल श्रेष्ठ, बेलीमाया घले, तारानिधि पन्त र पदेन सचिवमा विजया खड्का लगायत ५३ पदाधिकारी चयन भएका छन ।

यसैबिच महाधिबेसन तथा जिफन्टको आगामी कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नबनिर्बाचित अध्यक्ष श्रेष्ठले श्रमिकको श्रमको प्रतिफल, दिगोपन तथा सुरक्षाको सुनिश्चितता गरिने बताउँदै आगामी चार बर्ष भित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्द गराउने लक्ष्य सहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन । अध्यक्ष श्रेष्टले वैदेशिक रोजगारीमा रहेकाहरु, सवै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका श्रमिकहरु गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिने बताएका छन ।
जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनले पारीत गरेको आगामी चार बर्षको कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले स्वास्थ्य बिमाको प्रचार गर्ने, उपचारमा सहयोग गर्ने र प्रिमियम संकलनमा हस्तक्षेप गर्ने योजना पनि बनाएको जानकारी दिए ।

यसैगरी जिफन्टले विभिन्न कलेजका विद्यार्थीहरुलाई होटल, चेन रेष्टुराँ र मार्टहरुमा इन्टार्नसिप (तालिमे) का नाममा शुल्क लिएर ईन्टर्नशिप गराइने गरेको भन्दै यो अन्यायपूर्ण काम भएकाले त्यसरी काम गर्नेहरुलाई तलव दिलाउने अभियान पनि चलाउने निर्णय गरेको छ । तालिमेलाई तलव नामको सो अभियान हाल भइरहेको किशोर श्रम शोषण रोक्न श्रम ऐनको प्रावधान अनुसार अभियान सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

ज्याला रोजगारीलाई मर्यादित बनाउने, श्रम अडिट कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने लगायतका अभियानहरु समेत सञ्चालन गर्ने जिफन्टले जनाएको छ । यसैगरी पालिका तहमा श्रमिक पञ्जिकरणका लागि पनि तिव्रता दिने जिफन्टले कार्यक्रम पारीत गरेको छ ।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई अन्यायमा पर्न नदिन सीमा पारीको समस्या, संगठन र सफलता भन्ने कार्यक्रम पनि जिफन्टले सञ्चालन गर्नेछ । युवा र महिलालाई ट्रेड यूनियन आन्दोलनमा जोड्न पनि अभियानहरु सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।