काठमाडौं, ११ श्राबण । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
गत बैशाख ९ देखी २० सम्म सन्चालन भएको एसइई परिक्षाको नतिजा बोर्डले बुधवार सार्वजनिक गरेकाे हाे।
नतिजा अनुसार नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् ।यो वर्षको कक्षा १० अर्थात एसईई परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन ।
बोर्डका अनुसार नतिजा प्रकासन भएपछी परिक्षार्थीले बोर्डको वेभसाइडका साथै निम्न नँम्बरहरु ३५००१, ३४९४९, ३१००३ र १६०० मा एसएमएस गरेर तथा आइभिआरबाट पनि हेर्न मिल्ने छ ।
साथै निम्न वेभसाइडबाट पनि नतिजा हेर्न सकिन्छ ।
www.see.gov.np
www.neb.gov.np
www.khalti.com
www.neemaacademy.com
www.ekantipur.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com