कोकाकोलाको सात अर्ब राजश्व असुल गराउने बुढाथोकीले पाए ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , २ वर्ष अगाडि

काठमाडौँ, १४ साउन । अप्ठेरो परिस्थितीबाट गुज्रिएका नेपाली पत्रकारहरुलाई साथ, सहयोग, सम्मान र प्रोत्साहन गर्दै आईरहेको नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । १ लाख रुपयाँ नगद तथा सम्मान पत्र सहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इन्जाको पाँचौ बार्षिक उत्सब तथा ‘इन्जा डे’ को अबसरमा आज बुढाथोकीलाई पुरस्कृत गर्नु भएको हो । बुढाथोकीले अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई रु सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।


त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई प्रदान गर्नुभयो । कर्णले मैथली भाषा उत्थानमा योगदान गरेबापत तथा ढुङ्गानाले २०७२ को भुकम्प तथा गतबर्षको मेलाम्चीको बाढीले रेडियो मेलाम्चीमा अपुरणीय क्षति हुँदा समेत रेडियोलाइ अनबरत सन्चालन गरेबापत उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी मन्त्री कार्कीले ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो । भने वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई कदरपत्रद्वारा सम्मान गर्नुभयो ।
पुरस्कार बितरण तथा सम्मान कार्यक्रमलाई सँम्बोधन गर्दै मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकारहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दै अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढनुपर्ने र त्यसका लागी मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो ‘अबको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्धन्द्ध पीडित मुलुकको नागरिक हौ हैन, हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक हौ भन्न सक्ने अबस्थामा पुग्नु छ । हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौँ । यो अठोटका साथ हामी अगाडि बढौं ।’

इन्जाका केन्द्रिय उपाध्यक्ष एबँ एसिया अध्यक्ष टँक पन्तले इन्जा एबँ इन्जाले पत्रकारका लागी गरेका साथ सहयोग तथा गतिबिधी बारे प्रकास पार्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासङ्घ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बिश्वास दिलाउनु भएको थियो भने ।

समारोहलाई नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, न्यूनतम् पारिश्रमिक निर्धारण समितीका अध्यक्ष सँगिता खड्का तथा केन्द्रीय सचिव दीपक रिजाल, लगायतले सँबोधन गर्नुभएको थियो ।