ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा,केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई र उदयबहादुर चलाउने विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीहरू ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो भने देशभरि यस्ता हिंस्रक घटना घटाएको सो समूह विरुद्ध देशैभरि उजुरी छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरू विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन।