नारायणीमा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ, १७ साउन । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । राष्टिय बिपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणका अनुसार नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको हो । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरिएको छ ।
नवलपुरका प्रमुख जिलला अधिकारी सुमन घिमिरेले पनि जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन । “पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ”, उनले भने, “नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला ।” आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो ।

अहिले बिहान ६ बजे नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा पानीको सतह सात दशमलव ३ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।
प्राधिकरणले खतरा रहेको भन्दै कम्तिमा दिउसो सम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।