सप्तकोसी नदीको बाँध फुट्याे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

उदयपुर । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेको छ ।

नदी बस्तीमा पसेपछि वेलकाका वडानम्बर १, २, ३,  ८ र ९  साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरूका गरी करिब २० हजार नागरिक प्रभावित हुनेछन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।