ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनकाे विश्वास

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी छिन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ ।

उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘एक चीन नीति चीन–नेपाल सम्बन्धको आधार हो । नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ’।चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको हाे ।

विज्ञप्तिमार्फत उनले अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध जनाएकी छन् । पेलोसीको ताइवान भ्रमणले ‘एक चीन नीतिको गम्भिर उलंघन’ भएको  यान्छीले आरोप लगाएकी छन् । 

विश्वमा एउटा मात्र चीन भएको कुरा संयुक्त राष्ट्र संघको प्रस्ताव २७५८ ले स्वीकार गरिसकेको अवस्थामा एक चीन नीति अन्तराष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड हुनुपर्ने यान्छीले जोड दिएकी छिन् । 

पेलोसी अमेरिकी कंग्रेसको नेतृ भएको नाताले उनको भ्रमण जुनसुकै कारणले भएको भए पनि त्यो ‘ठूलो राजनीतिक उत्तेजना फैलाउने हर्कत’ भएको र चीनले यसलाई नसहने उनले बताएकी छन् । सन् १९७९ मा अमेरिका र चीनबीच कुटनीतिक सम्बन्ध विकास गर्ने बेला अमेरिकाले एक चीनि नीतिमा स्पष्ट प्रतिबद्धता जनाएको पनि उनले स्मरण गराएकी छन् ।