आगामी मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति जुटेकाे छ ।
बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए ।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ । सिट बाँडफाँडकाे विषयमा टुंगाे नलाग्दा सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको छ ।भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्ने बुझिएकाे छ ।

