मंसिर ४ गते एकैचरणमा निर्वाचन गर्ने सरकारकाे निर्णय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाण्डौ, १९ साउन । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ ।बिहीबार दिउँसो बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते आइतबार एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।सत्ता गठबन्धनबीच भएकाे समझदारीअनुसार सरकारले निर्वाचनको मिति घाेषणा गरेकाे हाे ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्नेबारे बुधबार सत्ता गठबन्धनबीच समझदारी भएकाे थियाे । निर्वाचन आयोगले मंसिर २ मा एकै चरणमा आम निर्वाचन गर्न सरकारलाइ पहिले नै सिफारिस गरेकाे थियाे ।

निर्वाचनकाे तयारी गर्न न्यूनतम १ सय २० दिन चाहिने भन्दै आयाेगले  सरकारलाइ मिति घाेषणाका लागि ताकेता गर्दै आएकाे थियाे । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।

सत्ता गठबन्धनमा सिट बाँडफाँड र चुनावकाे मिति घाेषणापछि संसद कायम रहने कि नरहने भन्ने विषयमा दुविधा हुँदा निर्वाचनकाे मिति घाेषणा गर्न अलमल हुँदै अाएकाे थियाे ।