उडेको ६ मिनेटमा नै श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण

NewsBankNepal Latest Update , News/समाचार , २ वर्ष अगाडि

नेपालगञ्ज विमानस्थलमा आज श्री एअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ ।

जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्री एअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो ।

सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’चौधरीले भने । विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको बताइएको छ ।