सांसदहरूको पदावधि मंसिर २१ गते सकिने :प्रमुख आयुक्त थपलिया

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सांसदहरूको पदावधि मंसिर २१ गते सकिने बताएका छन्। निर्वाचन मिति घोषणा भएसँगै बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै आयुक्त थपलियाले अहिलेका सांसदको पदावधि मंसिर २१ गते सकिने बताएका हुन्।

निर्वाचित भएको मितिबाट पदावधि प्रारम्भ हुने र त्यसअनुसार नै सांसदहरू मंसिर २१ गतेसम्म रहनसक्‍ने जानकारी दिए। ‘निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकोले आउँदो मंसिरको २१ गते पदावधि समाप्त हुन्छ भन्ने कुरा हामीले लिखित रूपमै पेश गरेका थियौं, उनले भने।

आयुक्त थपलियाले उम्मेदावरी दिनुभन्दा अगाडि नै वा दिएपछि स्वत: उनको पदावधि सकिएको मान्नुपर्ने बताए।  आयोगले निर्वाचन तालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ। दसैंलगत्तै उम्मेदवारी दिने गरी तालिका बनाउने तयारी आयोगले गरेको छ।