सुकेधारामा क्यास अन ह्वीलले खोल्यो अत्याधुनिक शोरुम, गाडी चम्काउन अमेरिकी प्रबिधी

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Spiritual/अध्यात्म , प्रविधि , २ वर्ष अगाडि

काठमाण्डौ, १९ साउन । गाडी खरिद बिक्रिको क्षेत्रमा सफलताको उकालो चढ्दै गरेको क्यास अन ह्वीलले काठमाण्डौको सुकेधारामा अत्याधुनिक शोरुम सन्चालनमा ल्याएको छ ।
ओशो तपोबनका सन्चालक एबँ बोधिसत्व स्वामी आनन्द अरुणले आज एक समारोहका बिच उक्त शोरुमको औपचारिक शुभारम्भ गर्नु भयो । उद्घाटन समारोहमा स्वाामी आनन्द अरुणले मनमा शान्ति, सद्भाब तथा परमात्मा प्रति अहोभाब सहित गरिएका कुनैपनि काम सफल हुने बताउँदै ओशो सन्यासी मोहन भण्डारीले जोरबाद्धी बुद्धको साँसारिक काम तथा परमात्माको ध्यानको बिधि अबलँम्बन गर्दै शुरु गरेको ब्यबसाय सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।


क्यास अन ह्वीलको बारेमा जानकारी दिदै सँस्थापक एबँ कार्यकारी निर्देशक भण्डारीले आफूहरुले ह्यासल फ्रि, ट्रान्परेन्सि, र पिस अफ माइण्डको अबधारण अनुरुप ब्यबसाय अगाडी बढाएको बताउनु भयो । बजारमा अनगिन्ति रहेका गाडी खरिद बिक्रि केन्द्र भन्दा फरक हामी पारदर्शि सेवा शुल्क लिई खरिद तथा बिक्रि गर्नेको प्रत्यक्ष कुराकानीमा मात्रै कारोबार गर्छौ । साथै कुनै ब्यक्तिले आफ्नो गाडी बेच्न चाहेमा उसले क्यास अन ह्वीलसँग फेसबुक, म्यासेन्जर, भाइबर, ह्वाट्सअप लगायतका सामाजिक सन्जाल मार्फत जोडीएर जानकारी गराउन मिल्ने पनि भण्डारीले बताउनु भयो ।


त्यसैगरी शोरुममा सन्चालित अमेरिकी प्रबिधिको रोयल डिटेलिङ एण्ड पोलिसिङले बिशेष प्रबिधि द्धवारा गाडीलाई चम्काउने र गाडीको रङलाई बिशेष सुरक्षा प्रदान गर्ने पनि सन्चालक भण्डारीले जानकारी दिनु भयो ।
बिचौलियाका कारण लेनेदेन गर्ने दुबैजना ठगिइ रहेको अबस्थामा आफ्नो वडामा यस किसिमको पारदर्शी ब्यबसाय शुरु भएकोमा बुढानिलकण्ठ नगरपालिका वडा नँ ९ कि वडा अध्यक्ष सुमित्रा पाण्डे त्रिपाठीले खुसी ब्यक्त गर्नु भयो ।