काठमाण्डौ, २१ साउन । ऋषीमुनीहरुको तपोभुमि समेत रहेको ऐतिहाँसिक नगर गोकर्णेश्वरमा ध्यानकेन्द्रहरु खोल्न तथा सन्चालन गर्न नगरपालिकाले आबश्यक सहयोग गर्ने भएको छ । उक्तकुरा आज गोकर्णेश्वरमा आयोजित ध्यान, योग र उत्सब द्दवारा चिन्ता, तनाब र बिषाद ब्यबस्थापन कार्यक्रममा नगर प्रमुख दिपक रिसालले बताउनु भएको हो । कार्यक्रमलाई सँबोधन गर्दै नगर प्रमुख रिसालले भन्नुभयो बिहान देखि तनाबको काम गरेर बोलुका एकछिन मात्रै ध्यान गर्न सकेपनि तनाब मुक्त र स्वस्थ जिबन बाँच्न सकिन्छ त्यसैले ध्यान अहिलेको अबस्थामा ध्यान अत्याबस्यक भैसक्यो ।

ध्यान छ त जीवन छ ध्यान छैन त जीवन छैन भन्ने नाराका साथ हालै गोकर्णेश्वरमा स्थापना भएको ओशो पुण्ड्यम ध्यान केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा ओशो तपोबनका ध्यान प्रशिक्षक स्वामी आनन्द अरहाटले ध्यान तथा यसको महत्वबारेमा प्रकास पार्नु भएको थियो । मोडल, नायीका,लेखीका एबँ ओशो तपोबनकी ट्रस्टि सोभित्ता सिँखडाले सहाभागीहरुलाई ध्यान गराउनु भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाकी उप प्रमुख सान्नानी लामा, वडा नँ ४ का अध्यक्ष जयराम महत, वडा सदस्य मायाँ तामाङ, राधाकृष्ण मन्दिरका कोषाध्यक्ष गोपाल श्रेष्ठ, उन्नती जागरण महिला समुह माकलबारीकी अध्यक्ष रबिना पौडेल, भुमिस्थल योग केन्द्रका शेरलाल श्रेष्ठ तथा क्यास अन ह्वीलका प्रमुख कार्यकारी अधिकृत राजन दहाल लगायत दर्जनौको सहभागीता रहेको थियो ।

