काठमाण्डौ उपत्यकामा एकैदिन २ हजार २ सय ४ जनालाई ट्राफिक कार्वाही

Dipak Pudasaini Banner Headline with Image , Education , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ, २२ साउन । सवारी नियम उल्लँघन गर्ने, लापर्वाही गरी सवारी चलाउने तथा भाडा बार्गेनिङ गर्ने २ हजार २ सय ४ सवारी चालकलाई महानगरिय ट्राफिक प्रहरीले कार्बाही गरेको छ ।
यसरी कार्वाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ६६, लेन अनुशासन उल्लँघन गर्ने ४२, रातो बत्ति बलेको बेला सडक पार गर्ने ८६, अस्पस्ट नँम्बर प्लेट राख्ने ३० तथा अन्य सवारी नियम उल्लँघन गर्ने १ हजार ८ सय ४१ जनालाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । यसैगरी यात्रु लिन नमान्ने २७ तथा मिटरमा जान नमानि भाडा बार्गेनिङ गर्ने १२ जना टयाक्सी चालकलाइ पनि ट्राफिक प्रहरीले कार्वाही गरेको महानगरिय ट्राफिक प्रहरी प्रभागले जनाएको छ ।