काठमाण्डौ, २२ साउन । स्त्रीरोग बिशेषज्ञ एबँ बरिष्ठ गितकार डा. भोला रिजाल २५ हजार रुपयाँ नगद सहितको दिर्घ साधना सम्मानले सम्मानित हुनु भएको छ । जिनियस म्यूजिक अवार्ड २०७८ बितरण समारोहमा प्रमुख अतिथी सँस्कृती पयैटन तथा नागरिक उड्यान मन्त्री जीबन राम श्रेठले डा. रिजाललाई पुरस्कार सहित सम्मान गर्नु भएको हो । बरिष्ठ सँगितकार शँम्भुजित बास्कोटाको आतिथ्यमा सम्पन्न कार्यक्रममा सँचारकर्मीहरु सानुकाजी श्रेष्ठ तथा राजेन्द्र लुइटेललाई जनहि १५ हजार नगद सहित सम्मान गरिएको थियो ।
सोहि कार्यक्रममा समाजसेवी राधिका शाक्य, नृत्य निर्देशक अजयकुमार विष्ट, मोडल तथा कोरियोग्राफर कृष्ण रसाल , ंगितकार तथ एरेन्जर राजेन्द्र बजगाई, गायिका मन्जु थापा, मोडल ज्ञानेन्द्रबहादुर खड्का, साहित्यकार भीष्मराज फुलारा, प्रकाश श्रेष्ठ , निर्देशक शेक बहादुर लामा, पेजेन्ट डाईरेक्टर लब बहादुर कार्की, वरिष्ठ समाजसेवी शान्त शर्मा, वरिष्ठ तबला बादक कुमार महाराज तथा बालप्रतिभा सम्मान शान्भी खतिवडा र निर्जला लम्साल लाई पनि सम्मान गरिएको थियो ।
बिगत एक दशकभन्दा लामो समयदेखी गित सँगितको सँरक्षण सँबर्धन तथा प्रबर्धनमा सक्रिय सँस्था जिनियसले कम्पनिको बार्षिक उत्सबको अबसरमा श्रष्टा तथा यसक्षेत्रमा योगदान गरेका सक्रिय ब्यक्तित्वहरुलाई जिनियस म्यूजिक अवार्ड द्धवारा सम्मान गरिएको जिनियस म्यूजिक प्रालिका अध्यक्ष रमेश पाठकले जानकारी दिएका छन ।