काेराेना संक्रमितकाे संख्या १ हजार नाघ्याे, २ जनाको मृत्‍यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्‍या एक हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा काेराेना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ

जसमध्‍ये ५ हजार ५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् ।यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ ।