‘एमालेले पार्टीको नीतिसँग सहमत हुने दलसँग मात्र तालमेल गर्ने’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मंगलबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ता गराएको हो। 

आयोगमा पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शङ्कर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा  गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गरे।  निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा स्वीकार्य भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने उनले स्पष्ट पारे।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाउँदै एमालेले भने आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे ।उहाँले एमालेले पार्टीको नीतिसँग सहमत हुने दलसँग मात्र तालमेल गर्ने बताए ।

दल दर्ताका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोगमा पुगेका थिए ।